Saturday, September 19, 2009

windows मा My Recent Document Feature Disable गर्ने तरिका

windows मा My Recent Document Feature Disable गर्ने तरिका
Start menu मा हुने My Recent Document मेनुमा तपाईंले हालसालै खोल्नु भएको text फाइल, इमेज, भिडियो आदि मेमोरी भएर बस्छ ।
यो मेनुको मुख्य काम तपाईंले हालसालै खोल्नु भएको document मा छिटो फर्कनमा मद्घत गर्नु हो तर यदि तपाईंलाई यो feature disable गर्नु छ भने तलको तरिका अपनाएर गर्न सक्नु हुन्छ ।
तरिका :
१) Start Menu (Taskbar) मा right click गर्नुहोस् र Properties मा जानुहोस् ।
२) Start Menu Tab मा जानुहोस् र Customize Button मा क्लिक गर्नुहोस् ।
३) Advance Tab मा क्लिक गर्नुहोस् र "List my most recently opened document" option लाई unselect गर्नुहोस् ।
अब तपाईंको windows ले recent document हरुलाई remember गर्दैन ।
४) अहिले सम्म remember भएको document हरुलाई पनि clear गर्न चाहनु हुन्छ भने Clear List बटन मा क्लिक गर्नुहोस् ।

तरिका :
१) Start > Run मा क्लिक गर्नुहोस् र त्यहा regedit टाईप गरेर enter गर्नुहोस् ।
२) अब यो key सम्म जानुहोस्HKEY_CURRENT_USER / Software / Microsoft / Windows / CurrentVersion / Policies / Explorer
३) दाँया तिरको खाली भागमा right माउस क्लिक गर्नुहोस् र New > DWORD Value मा क्लिक गर्नुहोस् र त्यहा remame गर्नुहोस्NoRecentDocsHistory
४) NoRecentDocsHistory लाई double क्लिक गर्नुहोस् र Value data लाई १ हालिदिनुहोस् र ओके गरिदिनुहोस् ।

No comments:

Post a Comment